फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकामा फोहोरको पहाड खसेर बीस जनाको मृत्यु

(GMT+08:00) 2017-04-16 15:15:08

अप्रिल 14 तारिख राति श्रीलंकामा फोहोरको थुप्रो खस्दा पाँचजना बालबालिका लगायत बीस जनाको मृत्यु हुनुका साथै लगभग एक सय 80 जना घाइते भएका छन्।

श्रीलंका प्रकोप व्यवस्था केन्द्रका अनुसार, फोहोरको पहाड खस्दा करिब चालीस घर-आवास पुरिएका छन्। मृतकको संख्या बढ्न सक्नु अनुमान गरिएको छ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनाले प्रकोप व्यवस्था केन्द्रसँग व्यावहारिक उद्धार गर्न अनुरोध गर्नुभएको छ। हाल सयौं सैनिक-प्रहरी र उद्धार टोलीलाई प्रकोप क्षेत्रमा खटाइएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार, केही महिनादेखि स्थानीय बासिन्दाले धेरैपटक विरोध गरेर सरकारसँग फोहोर फ्याक्ने ठाउँ अन्यन्त्र सार्न अनुरोध गर्दै आएका थिए।

जानकारी तथा लेखहरु