फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नियमित विकास र साझा विजय"मा चीन र माल्दिभ्सबीचको सम्बन्ध

(GMT+08:00) 2017-04-16 15:25:17

हाल माल्दिभ्सका लागि चिनियाँ कार्यवाहक राजदूत याङ यिनले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई विशेष अन्तर्वार्ता दिँदै चीन र माल्दिभ्सबीचको सम्बन्ध ठूलो र सानो मुलुकहरूबीच "नियमित विकास र साझा विजय" को नमूना भएको बताउनुभएको छ। दुई मुलुकको चौतर्फी, मैत्रीपूर्ण, सहयोगात्मक, साझेदारी सम्बन्धको स्थापना भएको साथसाथै चीन र माल्दिभ्सको सम्बन्धले इतिहासमा सर्वाधिक राम्रो अवधिमा प्रवेश गरेको पनि उहाँले व्यक्त गर्नुभएको छ।

याङ यिनले माल्दिभ्स सरकारले चीन सरकार र चिनियाँ जनतासितको मित्रतामा महत्व दिएको, धेरै वर्षयता चीनले माल्दिभ्सको आर्थिक तथा सामाजिक विकासका लागि दिएको योगदानप्रति कृतज्ञता ज्ञापन गरेको बताउनुभयो। माल्दिभ्सले "एक चीन"को नीतिको अक्षरशःपालना गर्ने र चीनद्वारा प्रस्तुत गरिएको "एक पेटी एक मार्ग" प्रस्तावको सक्रियताका साथ समर्थन दिने कुरा धैरैपटक दोहोर्‍याएको कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु