फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टर्कीमा संविधानको संशोधनमा जनमत संग्रह

(GMT+08:00) 2017-04-16 16:21:52

टर्कीमा संविधानको संशोधनसम्बन्धी जनमत संग्रह अप्रिल 16 तारिख सुरु भएको छ। यो जनमत संग्रहले टर्कीमा वर्तमानको संसदीय प्रणालीबाट राष्ट्रपति प्रणाली परिवर्तन गर्नुका साथै राष्ट्रपतिलाई अझ बढी शासन अधिकार र प्रधानमन्त्रीलाई बर्खास्त गर्ने अधिकार दिने कि नदिने निर्णय गर्नेछ। त्यसैले यो जनमत संग्रहले सबैको ध्यान खिचेको छ।

टर्की सर्वोच्च निर्वाचन आयोगद्बारा सार्वजनिक गरे अनुसार, टर्कीमा एक लाख 60 हजार मतदान केन्द्र हुनुका साथै 5 करोड 53 लाख दर्ता गरिएका मतदाता र विदेशमा 29 लाख मतदाता रहेका छन्। मार्च 27 तारिखदेखि अप्रिल नौसम्म विदेशमा मतदान गरेर हाल सबै 13 लाख 20 हजार मत-पत्र टर्कीको राजधानीमा पठाइएको छ।

मतदान संग्रहको नतिजा एक साताभित्र सार्वजनिक हुने जनाइएको छ।

जानकारी तथा लेखहरु