फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राज्य परिषद सदस्य र अमेरिकी परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-04-16 16:31:57
चीनको राज्य परिषदका सदस्य याङ चे छले अप्रिल सोह्र तारिख अमेरिकी परराष्ट्र मन्त्री रेक्स टिल्लेर्सनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

याङले हालै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रेम्पले मार अ लागोमा सफलताका साथ भेटवार्ता गर्नुभएको, केही दिनअगाडि दुई मुलुकका नेताहरूले पनि टेलिफोन वार्ता गर्नुभएको, आगामी दिनमा दुई पक्षले दुई मुलुकका नेताहरूको भेटवार्ता र टेलिफोन वार्ताको भावना र सहमतिबमोजिम उच्च स्तरको आदान-प्रदान र वार्तालाई बढाउने, सहयोगको क्षेत्रलाई विस्तार गर्ने, पारस्परिक सम्मानका आधारमा मतभेद नियन्त्रण गर्ने र दुई देशबीचको सम्बन्धको विकासलाई अगाडि बढाउने कुरा बताउनुभयो।

टिल्लेर्सनले अमेरिका र चीनका नेताहरूको मार अ लागो भेटवार्ता र टेलिफोन वार्ता सकारात्मक र फलदायक भएको कुरा व्यक्त गर्नुका साथै अमेरिकाले चीनसँग सम्पर्कलाई सबल पार्ने, आगामी चरणको उच्च स्तरीय आदान-प्रदान र वार्ताको राम्रोसँग तयार गर्ने, दुई मुलुकको सम्बन्धलाई संयुक्त रुपमा अगाडि बढाउने अपेक्षा गरेको कुरा उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु