फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघद्वारा सिरियामा भएको आक्रमणको निन्दा

(GMT+08:00) 2017-04-16 17:24:38

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले अप्रिल 15 तारिख एक वक्तव्य प्रकाशित गर्दै सिरियाको आलेप्पोमा हजारौं व्यक्तिमाथि आक्रमण गरिएको घटनाको निन्दा गर्नुका साथै आक्रमणकारीलाई पक्राउ गर्न आह्वान गर्नुभएको छ।

वक्तव्यमा संयुक्त राष्ट्र संघले मृतकका परिवारलाई सम्वेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।

सिरियाली अधिकारीबाट प्राप्त जानकारीअनुसार, हजारौं शिया मुसलमानवाहक गाडीमाथि अप्रिल 15 तारिख आलेप्पोमा आत्मीघाती आक्रमण गरिएको थियो। सो आक्रमणबाट कम्तीमा 70 जनाको मृत्यु हुनुका साथै एक सय 28 जना घाइते भएका छन्। सिरिया सरकार र विपक्षबीचको सम्झौता अनुसार, दुइ हजार तीन सय विपक्षी सशस्त्र व्यक्ति र परिवारलाई अप्रिल 14 तारिख डमास्कलबाट बाहिर लगिँदै गर्दा आक्रमण भएको हो। संयुक्त राष्ट्र संघले विभिन्न पक्षसँग यसरी स्थानान्तरण गर्ने व्यक्तिको सुरक्षा गर्न आह्वान गरेको छ।

जानकारी तथा लेखहरु