फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतको प्रतिष्ठित पत्रिका 'द गार्जियन' को सूचीमा 2017 मा घुम्नैपर्ने संसारका उत्कृष्ट 10 गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा

(GMT+08:00) 2017-04-17 15:35:11

 

अंग्रेजी नयाँ वर्ष सन् 2017 सुरु भएदेखि मुलुकको पर्यटन उद्योगमा सुखद खबर आएकोआयै छन्। यही क्रममा बेलायतबाट आएको पछिल्लो खबरले पर्यटन उद्योग थप हौसिएको छ।

बेलायतबाट 1 सय 95 वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका 'द गार्जियन' ले तयार पारेको 2017 मा घुम्नैपर्ने संसारका उत्कृष्ट 10 गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भन्नुभयो, 'गार्जियन जस्तो विश्वप्रतिष्ठित सञ्चारमाध्यमले यो वर्ष भ्रमण गर्नैपर्ने संसारका 10 गन्तव्यको सूचीमा नेपाललाई पहिलो स्थानमा राख्नु निकै सकारात्मक सन्देश हो। यसबाट युरोपेली बजारमा व्यापक प्रभाव पर्ने विश्वास छ।'

यसअघि अमेरिकाका मुख्यालय रहेको सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको 'लोन्ली प्लानेट' ले तयार पारेको सन् 2017 मा घुम्नैपर्ने संसारका बेस्ट भ्यालु गन्तव्यमा नेपाल पहिलो नम्बरमा परिसकेको छ। त्यसैगरी अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटी (नेटजिओ) को अनलाइन संस्करणले तयार पारेको यो वर्ष वसन्त ऋतुमा घुम्नैपर्ने संसारका उत्कृष्ट 12 पर्यटन गन्तव्यको सूची 'बेस्ट स्प्रिङ ट्रिप्स 2017' मा नेपालको पोखरा परेको खबर नागरिक डट कममा छ।

जानकारी तथा लेखहरु