फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा नेपालमा आर्थिक वृद्धिदर 6 प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

(GMT+08:00) 2017-04-17 15:37:14

बिश्व बैंकले नेपालको भूकम्पका कारण थलिएको नेपालको अर्थतन्त्रमा अहिले सुधार आएको जनाएको छ । आइतबार एक रिपोर्ट सार्वजनिक गर्दै बैंकले सन् 2017 मा नेपालमा 6 प्रतिशतको आर्थिक बृद्धि हासिल हुने आँकलनसमेत गरेको छ। विश्व बैंकका अनुसार सहज विद्युत आपूर्तिले अर्थतन्त्रमा सुधार आएको हो। त्यस्तै मनसुनी वर्षाका कारण कृषि क्षेत्रको उत्पादनमा बृद्धि हुनु र भूकम्पपश्चातको पुनर्निर्माणले गति लिन थाल्नुले पनि आर्थिक वृद्धिमा बल पुर्‍याएको बैंकको ठहर छ।

सन् 2015 मा गएको भूकम्पका कारण सन् 2016 मा नेपालको आर्थिक बृद्धिदर 0.6 प्रतिशतमा खुम्चिएको थियो । त्यसअघि सन् 2014 मा पनि नेपालको आर्थिक बृद्धिदर 6 प्रतिशतले नै थियो । यसरी हेर्दा नेपालको अर्थतन्त्र भूकम्प अघिकै अवस्थामा फर्कन लागेको देखिन्छ । सन् 2018 मा भने देशको आर्थिक बृद्धिदर 5.5 प्रतिशत हुने र सन् 2019 मा 4.5 प्रतिशतले हुने बिश्व बैंकको प्रक्षेपण छ ।

केहि दिनअघि एसियाली विकास बैक (एडीबी)ले पनि सन् 2017 मा नेपालको आर्थिक बृद्धिदर 6 देखि 6.2 प्रतिशतसम्म हुने संशोधित आँकलन गरेको थियो। सुरुमा एडीबीले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर 4.8 प्रतिशतभन्दा माथि जान नसक्ने प्रक्षेपण गरे पनि यो आर्थिक वर्षको पहिलो 6 महिनालाई आधार मान्दा एडीबीले सो प्रक्षेपण सच्याउन कर लागेको अनलाईन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु