फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक व्यापारिक सहयोग परिचयात्मक सम्मेलन पैचिङ्गमा

(GMT+08:00) 2017-04-17 19:17:36

आज अप्रिल सत्र तारिख चीन पाकिस्तान खाइबर पाश्तुन प्रदेशको आर्थिक व्यापारिक सहयोगा परिचयात्मक सम्मेलन पैचिङ्गमा आयोजित भएको छ। चीन पाकिस्तान मैत्री संगठनका प्रमुख शा चु खाङ्ग, पाकिस्तान खाइबर पाश्तुन प्रदेशका प्रमुख परबेज खात्ताक, चीनका लागि पाकिस्तानका राजदूत मसूद खालिद र कृषि, उद्योग, पूर्वाधार प्रबन्ध, शिक्षा आदि विभिन्न क्षेत्रबाट आउनुभएका प्रतिनिधिहरु परिचयात्मक सम्मेलनको उद्धाटन समारोहमा सहभागी भएका थिए।

चीन पाकिस्तान मैत्रीपूर्ण संगठनका प्रमुख शा चु खाङ्गले उद्धाटन समारोहमा जोड दिंदै चीन-पाकिस्तान आर्थिक कोरिडर परियोजना दुवैलाई फाइदा पुर्‍याउने परियोजना रहेको चर्चा गर्नुभयो।

चीनका लागि पाकिस्तानका राजदूत मसूद खालिदले यस पटकको परिचयात्मक सम्मेलनले पाकिस्तानको खाइबर पाश्तुन प्रदेशलाई एउटा निकै महत्वपूर्ण प्रदर्शनी चौतारो प्रदान गर्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु