फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपलाई आणविक अस्त्रबाट मुक्त पार्नु नै उपयुक्त हुने चीनको भनाइ

(GMT+08:00) 2017-04-17 19:20:18

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले सत्र तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा विभिन्न खालका शान्तिपूर्ण तरिकामार्फत कोरियाली प्रायद्बीप आणविक रहित बनाउने लक्ष्यलाई साकार तुल्याउने दिशा सही रहेको बताउँदै त्यो कुरा विभिन्न पक्षहरूको साझा हित अनुकूल रहेको पनि औंल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी अमेरिकी राष्ट्रपतिका सहायक हेर्बेट माक्मास्टरले सोह्र तारिख उत्तर कोरियालाई आणविक अस्त्रको विकास गर्नबाट रोक्नु र कोरियाली प्रायद्बीपलाई आणविक रहित बनाउने लक्ष्यलाई साकार तुल्याउनु नै अमेरिकाको न्यूनतम सीमा भएको कुरामा जोड दिनुभएको छ।

कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्न र कोरियाली प्रायद्बीपको शान्ति र स्थिरताको सँरक्षण गर्न शान्तिपूर्ण तवरले सम्झौता-वार्ता नै एउटा उपाय हो भन्दै प्रवक्ता लुले अमेरिका लगायत सबै पक्षसँगै मिलेर सम्झौता-वार्तामार्फत् कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्दैजान चीन इच्छुक रहेको कुरा पनि औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु