फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा नेपालसमक्ष स्थानीय निर्वाचनका सामग्रीहरू हस्तान्तरण

(GMT+08:00) 2017-04-17 19:21:45

चीनद्बारा सहायतास्वरुप नेपालको स्थानीय निर्वाचनका लागि दिइएको सामग्री हस्तान्तरण समारोह सत्र तारिख नेपालको निर्वाचन आयोगमा आयोजना गरिएको छ।

ती सहायता सामग्रीहरूमध्ये गणक मेसिन, घडी र मतदाताको नङमा रङग्याउने कलम लगायत जम्मा एघार किसिमका मालसामान समावेश छन्। ती सामग्रीहरू गत बाह्र तारिख काठमाडौं पुगेका हुन्।

नेपालका लागि चिनियाँ राजदूत यु होङ र काउन्सिलर फङ वै आदिको उक्त हस्तान्तरण समारोहमा उपस्थिति थियो।

समारोहलाई सम्बोधन गर्दै राजदुत युले नेपालका विभिन्न पक्षहरूको साझा प्रयासमा स्थानीय निर्वाचन र अन्य राजनीतिक गतिबिधिमा स्थिर प्रगति प्राप्त हुने भएकाले देशको राजनीतिक स्थिरता र आर्थिक समृद्धि तथा विकासलाई साकार तुल्याउनसक्ने आशा चीनले गरेको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु