फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकी राष्ट्रपतिको भारत भ्रमणः दुई देशबीचको साँस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास

(GMT+08:00) 2017-04-18 18:25:03

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपतिको सम्मानमा नयाँ दिल्लीमा दिइएको 'गार्ड अफ अनर' पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गर्नुभयो। सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो।

यसैगरी भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी राष्ट्रपति भण्डारीले मंगलबार नै जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गर्नुभएको छ। कुल 457 एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोप्नुभएको हो।

राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी हुनुहुन्थ्यो।

यसअघि बिहान राष्ट्रपति भण्डारीले महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जली व्यक्त गर्नुभएको नेपालखबर अनलाईनमा खबर छ।

जानकारी तथा लेखहरु