फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न अमेरिकाको चासो

(GMT+08:00) 2017-04-18 18:26:12

नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न अमेरिकाले चासो देखाएको छ। नेपाली उत्पादन निर्यात बढाउने उद्देश्यले अमेरिकी दूतावासले नेपाल सरकार र उद्योगी व्यवसायीसँग शुक्रबार छलफल गर्ने जनाएको छ। यसअघि अमेरिकी दूतावासले घोषणा गरिएको ट्रेड प्रिफेरेन्स एक्ट (टीपीए) अन्तर्गत विभिन्न वस्तुमा भन्सार छुट दिएको छ। उक्त छुटका विषयमा शुक्रबार सरोकारवाला निकायसँग छलफल गर्न लागेको ईकान्तिपुर अनलाईनले जनाएको छ।

हाल अमेरिकी 66 वस्तुमा शून्य भन्सारको सुविधा दिएको छ। निर्यात हुने सम्भावना भएका वस्तुलाई अमेरिकी बजारमा पहुँचको विशेष ग्राह्यता (जीएसपी) सुविधा दिएको हो। जीएसपी सुविधा दिएको वस्तुमा भन्सार शून्य हुन्छ । जसले गर्दा अन्य मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ। 'नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी छन्। थप विस्तारमा चाहिने सहायताका लागि नेपाल सरकार तथा निजी क्षेत्रसँग छलफल गर्न खोजेका छौं,' अमेरिकी दुतावासले सोमबार आयोजना गरेको कार्यक्रममा दूतावासका आर्थिक तथा व्यापार अधिकृत केभिन सी प्राइसले भने, 'नयाँ व्यवस्थाले नेपाली वस्तुको निर्यात प्रवद्र्धनमा थप सहयोग मिल्नेछ।' 'टीपीए' अन्तर्गत प्रदान गरेको यो सुविधा प्राप्त गर्ने नेपाल पहिलो राष्ट्र भएको दूतावासको दाबी छ।

चालु आर्थिक वर्षको पहिलो 7 महिनामा 5 अर्ब 38 करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको 7 महिनामा 5 अर्ब 15 करोड रुपैयाँ निर्यात भएको थियो । आयात व्यापारमा अमेरिका सातौं नम्बरमा रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ।

जानकारी तथा लेखहरु