फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई नयाँ विमान थपिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको फड्को

(GMT+08:00) 2017-04-18 18:27:11

दुई नयाँ विमान थप भएसँगै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले व्यवसायिकरुपमा फड्को मारेको छ। सन् 2015 को तुलनामा 2016 मा यात्रु बोक्ने र उडान भर्ने दुवै हिसाबले कम्पनीले ठोस प्रगति गरेको हो।

सन् 2015 मा नेपाल एयरलाइन्स नेपालमा सबैभन्दा बढी उडान भर्ने र यात्रु बोक्ने बिमान कम्पनीको सुचीमा क्रमशः तेस्रो र पाँचौं स्थानमा थियो। तर, 2016 मा आइपुग्दा दुवै हिसाबले नेपाल एयरलाइन्स पहिलो बनेको छ। यसअघि एकल गन्तव्य भएका विदेशी कम्पनीहरुले यसलाई उछिनेका थिए।

सन् 2015 को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए। सोही वर्षको फेब्रुअरी र अपि्रलमा दुईवटा ए 320 एयरबस थप गरेपछि नेपाल एयरलाइन्ससँग 4 वटा विमान भए। तर, केही समयपछि एउटा बोइङ भने लिलामका लागि राखियो। सन् 2015 को तुलनामा सन् 2016 मा नेपाल एयरलाइन्सको व्यवसाय आक्रामक हुनुमा विमान थपिनु नै पहिलो कारण मान्नुहुन्छ नेपाल वायु सेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ ।

अनलाईन खबरका अनुसार एयरलाइन्सले अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको छ। यसअघि दिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन्। ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवत-जावत गर्न बाध्य थिए। सन् 2016 मा नेपालबाट नेपाल एयरलाइन्ले सबैभन्दा बढी यात्रु बोकेको छ। सन् 2015 मा यात्रु बोक्ने हिसाबले नेपाल एयरलाइन्स 5 औं स्थानमा थियो।

जानकारी तथा लेखहरु