फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय सहयोग मञ्चको तयारी कार्य अन्तिम चरणमा

(GMT+08:00) 2017-04-18 18:28:17

"एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग उच्च तह मञ्च सम्बन्धी चिनियाँ र विदेशी पत्रकार सम्मेलन अप्रिल अठार तारिख पैचिङमा आयोजना गरिएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यी र राष्ट्रिय विकास र सुधार समितिका उपप्रमुख वाङ स्याउ थाउले मञ्चको तयारी कार्य, मञ्चमा सहभागी हुनुहुने विभिन्न देशका नेतागण र मञ्चको मुख्य कार्यसुची तथा विषयबारे जानकारी दिनुभएको छ। यस उच्च तह मञ्चको सुअवसरमा एउटा अझ खुलस्त र प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगी मञ्चको स्थापना गर्ने, विश्व अर्थतन्त्र तथा विभिन्न देशको विकास क्रममा प्राप्त उपलब्धिमा नजर पुर्‍याउने, विभिन्न देशका जनता बीचको मैत्रीपूर्ण आवत-जावतलाई अघि बढाउने, सांस्कृतिक मिल्दोजुल्दोर आर्थिक समृद्धिलाई साकार तुल्याउने प्रतिक्षामा चीन रहेको कुरा पनि परराष्ट्र मन्त्री वाङले औंल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग उच्च तह मञ्च शुरु हुन अब एक महिनाभन्दा कम समय मात्र बाँकी छ। त्यसका सम्बन्धित कार्य पनि अन्तिम चरणमा भइरहेको छ।

जानकारी तथा लेखहरु