फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको केरुङ्ग नाकाको सुधार कार्य सम्पन्न

(GMT+08:00) 2017-04-18 18:29:08

अप्रिल सत्र तारिख तिब्बत स्वायत्त प्रदेश वाणिज्य व्यूरो अन्तर्गत नाका व्यवस्थापन कार्यालयले जनाएअनुसार, तिब्बती केरुङ्ग नाका अन्तर्राष्ट्रिय स्तरमा सुधार कार्य सम्पन्न भएको छ र छिट्टै संचालन गरिने भएको छ।

केरुङ्ग नाका तिब्बत सिगात्से शहरको केरुङ्ग जिल्लाको दक्षिण भागमा रहेको छ। सन् 2015 मा नेपालमा विनाशकारी भूकम्पबाट यो नाका गम्भीर रुपमा क्षतिग्रस्त भएको थियो। सन् 2016 मा केरुङ्ग नाका पुनस्थापना भएदेखि चीन र नेपालबीच स्थलमार्गबाट आर्थिक व्यापारिक आदानप्रदान गर्ने एक मात्रै नाका बनेको छ।

जानकारी भएअनुसार, केरुङ्ग नाकाबाहेक तिब्बतले सक्रियताका साथ तातोपानी नाकाको पुनर्निर्माण कार्यलाई पनि तिव्रता दिइरहेको छ।

जानकारी तथा लेखहरु