फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा उत्तर कोरियालाई आणविक गतिविधि त्याग्न ताकिता

(GMT+08:00) 2017-04-18 18:30:02

दक्षिण कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी उपराष्ट्रपति माइक पेंसले अप्रिल सत्र तारिख उत्तर र दक्षिण कोरियाबीचको गैरसैनिक क्षेत्रको भ्रमण गरी सिओलमा बेग्ला बेग्लै रुपमा दक्षिण कोरियाका प्रधानमन्त्री ह्वाङ्ग क्यो अन र संसदका प्रमुख चुङ्ग स्यी क्युनसँग भेटघाट गर्नुभयो।

त्यसपछि प्रधानमन्त्री ह्वाङ्गसंग संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति पेन्सले अमेरिकाले शान्तिपूर्ण उपायबाट उत्तर कोरियालाई आणविक हतियार त्याग्न आग्रह गर्नुका साथै सबै उपायबाट यस समस्याको समाधान गर्ने सम्भावना रहेको पनि बताउनुभएको छ।

यसैबीच चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लू खाङ्गले हिजो सत्र तारिख अमेरिका कोरियाली प्रायद्वीप समस्याको सबैभन्दा महत्वपूर्ण पक्ष रहनुका साथै अमेरिकाले सक्रिय भूमिका निर्वाह गर्न चीनले स्वागत गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु