फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको आतंकवादविरुद्धको अभियानमा प्रगति हासिल

(GMT+08:00) 2017-04-18 18:30:39

पाकिस्तानी सैनिक पक्षले अप्रिल सत्र तारिख जनाएअनुसार, पाकिस्तानी सेनाले गरेको आतंकवाद विरोधी कार्वाहीमा प्रगति हासिल हुनुका साथै अहिलेसम्म कम्तीमा एक सय आठ जना आतंककारीलाई मारेको जानकारी दिएको छ।

पाकिस्तान सैन्य समाचार व्यूरोका प्रमुख असिफ गाफूरले सोहि दिन रावलपिन्डीमा आयोजित भएको पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तान र अफ्गानिस्तानबीचको सिमावर्ती क्षेत्रको नियन्त्रणलाई सबल पारेको र यो निकै महत्वपूर्ण रहेको बताउनुभयो।

यस वर्षको फेब्रुअरीदेखि पाकिस्तानमा धेरै पटक आतंकवादी आक्रमण भएकोले कम्तिमा एक सय उन्नाईस जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन्।

जानकारी तथा लेखहरु