फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा आरोहणको 64 वर्षे इतिहासमा अनुमति लिनेको संख्या सबैभन्दा धेरै

(GMT+08:00) 2017-04-19 19:06:00

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको 64 वर्षको इतिहासमा अनुमति लिनेको संख्याले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। पर्यटन विभागका अनुसार मंगलबारसम्मको रेकर्डमा यस वर्ष सगरमाथा आरोहणका लागि 3 सय 65 जना आरोहीले अनुमति लिएका छन्। यो संख्या अहिलेसम्मकै सर्वाधिक भएको पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले जानकारी दिनुभयो। यस वर्ष 39 समूहबाट 3 सय 65 जना स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका छन्।

गतवर्ष आरोहणका लागि 34 समूहबाट 2 सय 89 जनाले सरकारबाट अनुमति लिएका थिए । ढकालले भने, "सगरमाथा आरोहणको 64 वर्षको इतिहासमा अहिलेसम्म सगरमाथा आरोहण गर्नेको संख्या यस वर्ष सर्वाधिक छ, र नयाँ रेकड कायम भएको छ ।

अनुमति लिएका सबैले सफलतापूर्वक आरोहण गर्छन् भन्ने ग्यारेन्टी छैन । तर, अनुमति लिनु पनि नयाँ रेकर्ड हो।" सन् 2014 मा हिमपहिरो र सन् 2015 मा भूकम्पका कारण आरोहण अवरुद्ध भएको थियो। त्यसपछि अघिल्लो वर्ष पनि सन् 2016 मा आरोहण सफल भएपछि यस वर्ष आरोहीको लर्को लागेको हुन सक्ने ढकालको बुझाइ छ। अनुमति लिएका मध्ये सगरमाथा आरोहणका लागि 31 ग्रुपमा 2 सय 94 जना भने सगरमाथा आधार शिविर पुगिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ।

जानकारी तथा लेखहरु