फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विस्तार

(GMT+08:00) 2017-04-19 19:08:05

चीनले रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विस्तार गरेको छ। नेपाल सरकारको पटक–पटक आग्रहपछि चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यसका लागि पूर्वाधार तयार गरेको हो। केरुङ नाका अन्तर्राष्ट्रिय स्तरको भएको अनौपचारिक जानकारी दिँदै चीनले यसलाई दक्षिण एसिया जोड्ने 'प्रमुख र महत्त्वपूर्ण' नाका भनेको छ । उसले नेपाल जोड्ने 27 किमि लिंक रोडसमेत पूर्ण 'दुई लेन' बनाउन काम गरिरहेको छ।

तिब्बत कमर्स ब्युरोका उपप्रमुख वाङ पिङका अनुसार स्तरोन्नतिपछिको नाकाबाट नेपालसँगको व्यापारिक सम्बन्ध विस्तारका साथै नेपालले दक्षिण एसियाको पुलका रुपमा काम गर्न सक्ने ग्लोबल टाइम्सले लेखेको छ।

नाका र बन्दरगाह हेर्ने प्रशासन कार्यालयका निर्देशक ली चाओफिङले केरुङबाट तेस्रो मुलुकका मालसामान पनि ल्याउन–लैजान मिल्ने गरी स्तरोन्नति गरिएको छ। बेल्ट एण्ड रोड इनिसियटिभ्स' अन्तर्गत महत्त्व दिइएको केरुङलाई चीनले दक्षिण एसियासँग जोड्ने नाकाका रूपमा हेर्दै आएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

ल्हासाका लागि नेपाली महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले पूर्वाधार तयार भइसकेको अनौपचारिक जानकारी पाएको बताउनुभयो। रुसुवागढीबाट 27 किमि चिनियाँ भूभागको लिंक–रोड प्रयोग गरेपछि चीनको मुख्य भाग जोड्ने केरुङको 'हाइवे' भेटिन्छ। सिगात्से र ल्हासा हुँदै रेलमा ल्याइएका सामान त्यहाँबाट नेपाल भित्रन्छन्। करिब 7 सय किमि रेलयात्रापछि सामान ल्याइन्छन्।

जानकारी तथा लेखहरु