फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले दिने दुई जोडी एकसिंगे गैंडा चीनले साङ्गहाई र क्वाङ्गचौमा राख्ने

(GMT+08:00) 2017-04-19 19:08:33

नेपालले उपहारस्वरूप उपलब्ध गराउने दुई जोडी एकसिंगे गैंडा चीनले साङ्गहाई र क्वाङ्गचौमा राख्ने भएको छ। गैंडा राख्ने ठाउँ (बासस्थान) को अध्ययन गरेर फर्किएको निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई नेतृत्वको टोलीले उक्त जानकारी दिएको हो।

'एक जोडी सांघाईको सफारीमा राखिनेछ भने अर्को जोडी ग्वान्जाओको अनुसन्धान केन्द्रमा राखिने हामीलाई बताइएको छ,' टोलीका एक सदस्यले भने।

केपी ओली नेतृत्वको सरकारले गत असार 26 मा चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो। नेपाल र चीन सरकारबीच सम्झौता भएको 6 महिनाभित्र गैंडा उपहार दिइनेछ।

जानकारी तथा लेखहरु