फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2017-04-19 19:11:38

भारतको राजकीय भ्रमणमा रहनुभएकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग मँगलबार भेटवार्ता गर्नुभएको छ। भण्डारीको सम्मानमा मुखर्जीले मंगलबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्र आर्थिक सृमद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्न तथा सामाजिक–आर्थिक क्षेत्रमा वास्तविक रुपान्तरण ल्याउनुपर्ने बताउनुभयो।

राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल, शान्तिको दर्शनको मुलुकका तर्फबाट स्वागत गर्दै दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति भण्डारीले आन्तरिक स्रोतको परिचालन तथा अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यबाट हामीले सामाजिक–आर्थिक विकास गर्न चाहेका छौँ भन्नुभयो। उहाँले संविधानबमोजिम सबै तहका निर्वाचन गरी नेपाललाई तीव्र आर्थिक वृद्धितर्फ केन्द्रित गर्ने स्पष्ट पार्नुभएको नेपालखबर अनलाईनले लेखेको छ।

यस्तै ईकान्तिपुर अनलाईनका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदी बीच मंगलबार भेटवार्ता भयो। परराष्ट्रमन्त्री प्रकाशसरण महतका अनुसार मोदीले भारत सधै नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै नेपालको सबै प्रयास र विकास प्रकृयामा भारतको साथ रहने बताउनुभयो। मोदीले यस भेटावार्तामा दुई देशबीचको र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन तत्पर रहेको उल्लेख गर्नुभएको थियो।

जानकारी तथा लेखहरु