फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेजिङ बुक्स ब्युल्डिङ

(GMT+08:00) 2017-04-20 09:40:24

       पुस्तक पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो। ज्ञानको भण्डार पुस्तक विश्व हेर्ने-बुझ्ने झ्याल पनि हो। विश्वमा धेरै भन्दा धेरै मानिसहरू पुस्तक पढ्न रूचाउँछन्। यी पाठकहरू राम्रा पुस्तकको खोजीमा पुस्तकालय धाउँछन् पुस्तक पसल गइ खोजी-खोजी आवश्यक पुस्तक खरिद गर्छन्। यस्ता पुस्तक पसलहरू हरेक शहरमा अनगिन्ती छन् त्यस्तै पैचिङमा पनि।

      यहाँ पैचिङमा टोल-टोलमा पुस्तक पसल पाइन्छ र यस्तै पसलमध्ये पैचिङको केन्द्र थ्येनमनआनबाट २ किमी पश्चिममा अवस्थित विशाल पुस्तक पसलले चिनियाँ पाठकको मात्रै नभइ विदेशी पाठक र पर्यटककोसमेत ध्यान तान्न सफल रहेको छ। यसको नाम हो-सिन्ह्वा बुक स्टोरको बेजिङ बुक्स ब्युल्डिङ।

       यो चार तल्लाको छ । यहाँ विविध विधा तथा विषय र चिनियाँ तथा अङग्रेजी भाषाका पुस्तक पाइन्छ। साथै यहाँ अङग्रेजी चलचित्र तथा गीतका सिडी, डिभिडी र विद्युतीय पुस्तकहरू पनि पाइन्छ।

जानकारी तथा लेखहरु