फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको ९ महिनाको राजश्व संकलन गत वर्षको तुलनामा 32 प्रतिशतले वृद्धि

(GMT+08:00) 2017-04-20 18:54:45

आर्थिक वर्ष 2073/074 चैत्र मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा 32 प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष 2073/074 चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य 1 खर्व 65 अर्व 16 करोड 4 लाख 25 हजार रहेकोमा 1 खर्व 72 अर्व 17 करोड 4 लाख 59 हजार संकलन भई लक्ष्यको तुलनामा 104 प्रतिशतको प्रगति भएको हो।

राजश्व विभागका अनुसार गत वर्षको तुलनामा 32 प्रतिशतले वृद्धि भएको छ। शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ 95 अर्व 39 करोड 56 लाख 45 हजार, मूल्य अभिवृद्धि कर 43 अर्व 5 करोड 46 लाख 56 हजार र अन्तःशुल्क तर्फ 32 अर्व 36 करोड 45 लाख 76 हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ आयकर, वहालकर, व्याजकर गरी 107 प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ 99 प्रतिशत र अन्तशुल्क तर्फ 104 प्रतिशत हो।

रातो पाटी अनलाईनका अनुसार शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः 59 करोड 44 लाख 54 हजार र 76 करोड 11 लाख 28 हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा 95 प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा 86 प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर 32 प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर 26 प्रतिशत, अन्तशुल्कको वृद्धिदर 39 प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर 25 प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर 31 प्रतिशत रहेको विभागले जनाएको छ।

जानकारी तथा लेखहरु