फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटन प्रवर्द्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह

(GMT+08:00) 2017-04-20 18:55:25

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवर्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ। नेपाल–चीन उद्योग वाणिज्य सङ्घ र चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले संयुक्त रुपमा आयोजना गरेको 'नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनमा रेशममार्ग' विषयक छलफलमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो।

नेपालको अपार जलस्रोतको विकासमा चीनको सहयोग हामीले अपेक्षा गरेको भन्दै उनले बन्द भएको कोदारी मार्ग शीघ्र सञ्चालनका निम्ति चीनसँग आग्रह गर्नुभयो छिमेकी मुलुकका सुरक्षा चासो नेपालले बुझेको बताउँदै कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता पनि मन्त्री गिरीले व्यक्त गर्नुभयो।साथै उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएका वाणिज्य तथा पारवहन सन्धि कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो।

नेपालका लागि चीनका राजदूत यू होङले नेपालको प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर कैयौँ चिनियाँ पटक–पटक नेपाल आउने गरेका दृष्टान्त प्रस्तुत गर्दै लुम्बिनी क्षेत्र आफ्नो देशका नागरिकको प्रमुख गन्तव्य बनेको बताउनुभयो। उहाँले चीन सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरेको बताउँदै त्यसमा आफूले पनि सक्दो सहयोग गरिरहेको जानकारी दिनुभयो। सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले तिब्बत भ्रमण गर्ने लाखौँलाख चिनियाँलाई नेपाल पनि पठाउने व्यवस्था मिलाउन तिब्बत सरकारका साथै केन्द्रीय सरकारसँग आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु