फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्ता नै सिरिया समस्याको समाधान रहेकोमा चीन स्पष्ट

(GMT+08:00) 2017-04-20 18:59:14

चीनको राज्य परिषद्का सदस्य याङ्ग चेछले अप्रिल उन्नाईस तारिख पैचिङ्गमा यूरोपेली संघ कूटनीति र सुरक्षा नीतिका उच्च प्रतिनिधि फेडेरिका मोघेरिनिसँग संयुक्त रुपमा सातौं चरणको चीन यूरोप उच्चस्तरीय रणनैतिक वार्ता सम्मेलनको अध्यक्षता गर्नुभयो। त्यसपछि दुवै पक्षले संयुक्त रुपमा पत्रकारसँग साक्षात्कार गर्दै याङ्गले सिरिया समस्याबारे चीनको धारणा स्पष्ट पार्नुभयो।

चीनले दृढताका साथ रासायनिक हतियारको प्रयोग गरेकोमा विरोध गर्ने बताउँदै उहाँले राजनैतिक उपायमार्फत सिरिया समस्याको समाधान गर्नु नै एक मात्रै उपाय रहेको बताउनुभयो। चीन र यूरोपले राजनैतिक वार्तालाई अघि बढाउने, मानवीय उद्धार र पुनः निर्माण कार्यलाई पनि अघि बढाउने विचार लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु