फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषदले अझ बढी कर घटाउनेसम्बन्धी कदम चाल्ने

(GMT+08:00) 2017-04-20 18:59:45

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले अप्रिल उन्नाईस तारिख चीनको राज्य परिषद्को नियमित सम्मेलनको अध्यक्षता गरेर अझ बढी कर घटाउने कदमहरु चाल्ने निर्णय गर्नुभएको छ।

यी कदमहरु चालेर व्यापारको वातावरणलाई सुधार गर्ने, व्यवसायमा जीवन्त शक्ति र सिर्जनाको शक्ति थप गर्ने र अर्थतन्त्रको विकासलाई सुदृढ पार्ने पनि उहाँले सम्मेलनमा बताउनुभयो। पहिलो त्रैमासिकमा दुई खर्ब चिनियाँ युआन कर घटेको आधारमा अझ बढी कर घटाउने सम्बन्धी कदम चाल्ने योजना उक्त सम्मेलन प्रस्तुत गरिएको छ।

यस बाहेक सम्मेलनमा 'चिनियाँ सार्वजनिक पुस्तकालय कानून(मस्यौदा)'पनि पारित गरिएको छ।

जानकारी तथा लेखहरु