फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीद्वारा निर्माण हुने विद्युत परियोजनामा ढिलाई

(GMT+08:00) 2017-04-21 19:28:54

पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना अघि बढाउन चिनियाँ कम्पनीले फेरि अलमल गरेको छ। माघ पहिलो साता नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त विकास उपक्रम (जेभीए)मा प्रारम्भिक सम्झौता गरिसकेको प्रवर्द्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले प्रक्रिया अघि बढाइसकेको छैन।

प्राधिकरणले आफ्नो सञ्चालक समितिबाट जेभीए अनुमोदन गरिसकेको छ। यसअघि पटकपटक छलफल र वार्तामा तथा आधिकारिक रुपमा पत्र पठाएर बिजुली किन्ने लगायतका प्रतिवद्धता जनाए पनि फेरि चिनियाँ कम्पनीले यसबारे थप स्पष्ट हुन भन्दै पत्र पठाएको छ।

लगानी बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जेभीए गरिसके पनि कर्पोरेसनले थप स्पष्टता हुन जरुरी रहेको भन्दै पत्र पठाएको र सो पत्र विद्युत् प्राधिकरणमा पठाइएको जानकारी दिनुभयो।

पत्रमा विद्युत् प्राधिकरणले गर्ने लगानी, विद्युत् खरिद सम्झौता (पीपीए) दरलगायतका विषयमा उल्लेख गरिएको छ। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बोर्डमार्फत पत्र आएको र यसबारे छलफल हुन बाँकी रहेको बताउनुभयो। जेभीए कर्पोरेसनले अनुमोदन गर्नुपर्नेमा फेरि 'हाइड्रोलोजी' अध्ययन टोलीसमेत पठाएको कारोबार अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु