फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-04-22 15:18:35

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दिने भारतको भ्रमण सम्पन्न गर्नुभएको छ। गत सत्र तारिख उहाँ भारत भ्रमणमा जानु भएको थियो। पाँच दिने भ्रमण पूरा गरेर उहाँ शुक्रबार स्वदेश फर्कनु भएको हो। नेपालमा मधेशी मोर्चाले उत्पन्न गरेको श्रृखलाबद्ध गतिविधिले दौत्य सम्बन्धमा केही दवाव पारेको छ। नेपाली सञ्चारमाध्यमले जनाएअनुसार, राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणको उद्देश्य उक्त पृष्ठभूमिमा नेपाल र भारतबीचको सम्पर्क र सहयोगलाई गहिरो पार्ने कुरामा केन्द्रित रहेको छ।

अप्रिल सत्र तारिख नेपालको स्थानीय चुनावका लागि चीनले प्रदान गरेको सहयोग सामग्री हस्तातरण समारोहको आयोजना गरिएको छ। निर्वाचन आयोगमा सम्पन्न कार्यक्रममा मे चौध तारिख आयोजना हुने स्थानीय चुनावको तयारी कार्य पूरा भइसकेको र चीन सरकारले दिएको सहयोगका लागि आयोगले धन्यावाद ज्ञापन गरेको छ।

बेलायती गार्जियन अखवारले अप्रिल उन्नाईस तारिख जनाएअनुसार, भारतले दश अर्व रुपैयाँ लगानी गरेर 'महाभारत' महाकाव्यलाई चलचित्रमा परिवर्तन गर्ने योजना बनाएको छ। भारतको इतिहासमा यो सबैभन्दा महङ्गो चत्रचित्र हुनुका साथै आगामी सेप्टेम्बरमा छायाङ्कन सुरु हुने र सन् 2020 मा प्रदर्शन हुने समाचारमा बताइएको छ।

पाकिस्तानको डाउन अखवारले जनाएअनुसार, अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो'विश्व आर्थिक पूर्वानुमान प्रतिवेदन'का अनुसार, पूर्वाधार लगानी वृद्धि हुँदै आएकाले पाकिस्तानको आर्थिक पुनरुत्थान स्थिर भएको र सन् 2017 मा 5 प्रतिशतको वृद्धि दरलाई साकार तुल्याउने र सन् 2018 मा 5.2 प्रतिशत पुग्ने सम्भावना रहेको छ।

पाकिस्तानी सेनाले अप्रिल सत्र तारिख जनाए अनुसार सेनाले गरेको आतंकवाद विरोधी कार्वाहीमा ठूलो प्रगति हासिल भएको छ। अहिलेसम्म कम्तिमा एक सय आठजना आतंककारी मारिएको र चार हजार पाँच सयभन्दा बढी संदिग्ध आतंकवादी पक्राउ परेका छन्।

जानकारी तथा लेखहरु