फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थुनिएको अरुण तत्कालै फुट्ने खतरा नरहेको स्थानीय प्रशासनको निष्कर्ष

(GMT+08:00) 2017-04-22 15:19:21

संखुवासभाको भाटखोला गाउँपालिकाअन्तर्गत स्याक्सीला गोला क्षेत्रमा थुनिएको अरुण नदी 'तत्कालै फुट्ने खतरा नरहेको' जिल्ला दैवीक प्रकोप उद्धार समितिले निष्कर्ष निकालेको छ। घटनास्थल पुगेको प्रहरी टोलीको स्थलगत अवलोकन तथा हेलिकप्टरबाट पुगेको प्राविधिक टोलीको अध्ययनपछि समितिले तत्कालै ताल फुटिहाल्ने अवस्था नरहेको निष्कर्ष निकालेको नेपाल खबर अनलाइनले लेखेको छ।

हिजो मध्याह्नबाट करिब 30 प्रतिशत बानी बग्न थालेपछि नदी तत्कालै फुट्ने जोखिम नरहेको समिति संयोजक तथा संखुवासभा सिडिओ शिवराज जोशीले बताउनुभयो। 'दिउँसोबाट केही मात्रामा पानी बग्न थालेको छ,' उहाँले भन्नुभयो, 'अब तत्कालै ताल फुटिहाल्ने अवस्था छैन।'

यद्यपि, सिडिओ जोशीले नदी जमेको तथा अरुण नदीले छुने बस्तीमा चनाखो भएर बस्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। गत बिहीबार अपराह्न 4 बजेदेखि भाटखोला हुँदै बग्ने अरुण र बरुण नदीको दोभानमा नदी थुनिएपछि तालको रूप लिएको थियो। बरुण नदीमा आएको बाढीका कारण अरुण थुनिएको थियो।

बरुणमा आएको ढुंगा–गिट्टी र रुखबिरुवासहितको बाढीले नदी थुनिँदा उक्त क्षेत्रमा झन्डै तीन किलोमिटर लामो ताल बनेको छ। नदी थुनिएसँग चीनसँग जोडिने किमाथांका नाकासमेत बन्द भएको छ।

जानकारी तथा लेखहरु