फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा फिरन्ते 'ठूलो धावके' चरा फेला

(GMT+08:00) 2017-04-22 15:20:07

चितवनको बरन्डाभार जंगलको कुमाल तालमा 'ठूलो धावके हावा चिल' चरा फेला परेको छ। बर्ड एजुकेसन सोसाइटीको टोलीले बिहीबार उक्त चरा फेला पारेको हो। फिरन्ते जातको उक्त चरा नेपालमा तेस्रो पटक चितवनमा फेला परेको चराविद्ले बताएको कान्तिपुर अनलाइनले लेखेको छ। सोसाइटीका सल्लाहकार टीकाराम गिरीका अनुसार यसअघि यो चरा 1 सय वर्ष पहिले काठमाडौंको आकाशमा उडिरहेको अवस्थामा फेला परेको थियो।

'दोस्रो पटक कोसीमा र तेस्रो पटक यहाँ देखापरेको हो,' उहाँले भन्नुभयो, 'यसको आहारा माछा र भ्यागुता हुन्।' यो पानीमा बस्ने चरा हो। यो ठूलो समुद्र तथा तालतलैयामा बढी मात्रमा फेला पर्ने गर्छ। अन्य मुलुकसँगै भारतको गुजरातमा पनि यो चरा पाइन्छ। त्यहाँ बच्चा कोरलेर बस्ने गर्छ। यो चरा त्यहींबाट उडेर आएको हुन सक्ने अनुमान चराविद्ले गरेका छन्।

फिरन्ते भएकाले यो नेपालमा धेरै समय बस्दैन। जहाँबाट आएको हो त्यहीं फर्किएर जान्छ। तालमा 3 वटा भर्खर उड्न सिकेका बच्चा आएको गिरीले बताउनुभयो। 'बच्चा हुन्, भर्खर उड्न सिकेर यता आएजस्तो छ,' उहाँले भन्नुभयो, 'अहिले खैरो भए पनि पछि यसको रङ सेतो हुन्छ।' सौराहाका वाइल्डलाइफ फोटोग्राफर सागर गिरीलाई यो चराको फोटो खिच्न 6 घण्टा लाग्यो। मेहनतले चराको तस्बिर क्यामेरामा कैद गर्न सफल हुनुभयो।

http://kantipur.ekantipur.com/news/2017-04-22/20170422073740.html

जानकारी तथा लेखहरु