फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा सार्क युवा सम्मेलन हुँदै

(GMT+08:00) 2017-04-22 15:20:39
 यही बैशाख 11 र 12 गते काठमाडौंमा युवा सार्क सम्मेलन हुने भएको छ। युवा संसद नेपालको आयोजना र युवा अभियान नेपालको व्यवस्थापनमा सम्मेलन हुन लागेको कान्तिपुर अनलाइनले लेखेको छ। सम्मेलनमा सार्क राष्ट्रका चार–चार युवा प्रतिनिधि सहभागी र नौ वटा देशबाट निरीक्षकहरु सहभागी रहने युवा अभियान नेपालका सचिव सविन बुढाथोकीले बताउनुभयो।

सम्मेलनमा जलवायू परिवर्तन, दिगो विकास, सुशासन, युवा उद्यमशिलता, दक्षिण एसियाको आर्थिक अवस्थाको बिषयमा छलफल हुनेछ। राष्ट्रिय सभागृहमा निवर्तमान राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

सार्क सम्मेलनमा समयमा नै गर्न, सार्कका साझा मुद्दामा साझा धारणा निर्माण गर्नु र दक्षिण एसियाका युवालाई सञ्जालीकरण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बुढाथोकीले बताउनुभयो।

जानकारी तथा लेखहरु