फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ

(GMT+08:00) 2017-04-22 15:21:06

पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन्। अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा आउने गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो। माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

पर्यटन याम सुरु भएसँगै मौसमले पनि साथ दिएका कारण एक महिनादेखि होटल भरिभराउ भइरहेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ।

खासगरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ।

जानकारी तथा लेखहरु