फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र काजाकिस्तानले संयुक्त रुपमा एक पेटी एक मार्गको निर्माण गर्ने चीनका परराष्ट्र मन्त्री वाङ्ग यीको भनाइ

(GMT+08:00) 2017-04-22 15:21:41

अप्रिल एकाईस तारिख चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले अस्तानामा काजाकिस्तानका विदेशी मन्त्री कैराट अबड्राख्मनोभसँग संयुक्त पत्रकार सम्मेलन गर्दै चीन र काजाकिस्तान संयुक्त रुपमा एक पेटी एक मार्गको निर्माणसम्बन्धी चर्चा गर्नुभयो।

सन् 2013 को सेप्टेम्वरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले काजाकिस्तानमा भ्रमण गर्दा पहिलो पटक एक पेटी एक मार्गको विचार प्रस्तुत गर्नुभएको थियो। एक पेटी एक मार्ग चीनबाट पश्चिमतिर जाँदा पहिलो ठाउँ काजाकिस्तान रहेको परराष्ट्रमन्त्री मन्त्री वाङ्गले औँल्यउनुभएको छ। दुई पक्षले एक पेटी एक मार्गको निर्माणमा श्रृखलाबद्ध उपलब्धि हासिल गरेर केही महत्वपूर्ण सन्धिमा पनि हस्ताक्षर गरेको मन्त्री वाङ्गले बताउँदै चीन र काजाकिस्तानबीचको सहयोग एक पेटी एक मार्गको निमार्ण गर्ने क्रममा एउटा नमूना बन्ने उहाँले विश्वास गर्नुभयो।

जानकारी तथा लेखहरु