फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको स्थानीय चुनावबारे राष्ट्रसंघीय नियोगलाई जानकारी

(GMT+08:00) 2017-04-23 17:38:52

निर्वाचन आयोगले यही वैशाख 31 गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसङ्घीय बालकोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, विश्वखाद्य कार्यक्रमलगायतका नियोगमा कार्यरत प्रतिनिधिलाई निर्वाचनको तयारीबारे अवगत गराएको हो।

नियोगका प्रतिनिधिले मतदाता नामावली सङ्कलन, महिलाको सहभागिता, अपाङ्गता भएकालाई मतदानका लागि गरिने व्यवस्था, महिलाको प्रतिनिधित्व, निर्वाचन परीवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए। माजमा पछि परेका समुदाय र दूरदराजका मतदातालाई निर्वाचन र मतदानमा भाग लिन गर्न लागिएको व्यवस्था तथा समग्र निर्वाचनका तयारीका अवस्थाका बारेमा पनि उनीहरुले जिज्ञासा राखेका थिए। गोरखापत्र अनलाईनका अनुसार प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालम गणतन्त्र, सङ्घीयता र लोकतन्त्र कार्यान्वयनको चरणमामा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले स्थानीय तहमै सरकार प्राप्त गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, "नेपालले राजनीतिक र संवैधानिक हिसाबले निकै ठूलो फड्को मारेको छ, निर्वाचनका लागि अत्यावश्यक आचारसंहिता, आर्थिक र अरु सामग्रीको व्यवस्थापन गरेर निर्वाचनको अन्तिम तयारीमा जुटेको छ, मतपत्र, मतपेटिकाको व्यवस्थापन गर्न पनि हाम्रा लागि निकै ठूलो चुनौती थियो।"

जानकारी तथा लेखहरु