फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको उचाइमा रहेको एउटा हिमताल विस्फोट हुँदा ठूलो भौतिक क्षति

(GMT+08:00) 2017-04-23 17:41:32

मकालु हिम श्रृङखला अन्तर्गत 4410 मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ। यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो। मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि विचबाटोमै अलपत्र परेको अन्नपूर्णपोस्ट अनलाईनले जनाएको छ।

स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका 6 बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको बताउनुभयो। बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाए अनुमान छ। बाढीले बाटो बगाए पछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन्। पर्यटन विभागमा 6 जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमती लिएका छन्।

जाने बाटो नभए पछि यस बर्ष मकालु हिमाल आरोहण समेत रोकिन सक्ने स्थानीय छेपाल शेर्पाको भनाई छ । 2050 सालमा विष्फोटन भएको यो ताल बार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको शेर्पाले जानकारी दिनुभयो । बाढीले होटल बगाउदा छेपाल शेर्पाको मात्र करिव एक करोड बरावरको धनमाल बगाएको निकुन्जको प्रारम्भीक अनुमान छ।मकालु क्षेत्रको ठूलो हिमताल ठूलो पोखरी पनि विष्फोटको जोखिममा रहेको अध्ययनले देखाएको छ । पछिल्लो समय बढी हिमपात भएकाले पानीको सतह बढ्दा हिमताल फुटेको हुनसक्ने मकालु बरुण राष्ट्रिय निकुन्जका लाकपद कुलुङले बताउनुभयो।

जानकारी तथा लेखहरु