फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं बाहिरी चक्रपथको निर्माण प्रक्रिया अघि बढ्दै

(GMT+08:00) 2017-04-23 17:42:00

काठमाडौंमा बन्ने बाहिरी चक्रपथको डीपीआर एक साताभित्रै तयार हुने भएको छ। डीपीआर आएपछि मन्त्रीपरिषदबाट स्वीकृत गराएर निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने बाहिरी चक्रपथ विकास आयोजनाले जनाएको छ ।काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको आयोजनाले चक्रपथको डीपीआरको अन्तिम रुप दिने काम एक साता भित्रै सक्ने निमित्त प्रमुख ध्रुब सापकोटाले जानकारी दिनुभयो। यसै आर्थिक वर्षमा चक्रपथको 6 वटा खण्डमध्ये एउटामा डोजर चलाएर ट्रयाक खोल्ने काम सुरु हुनेछ।

पहिलो चरणमा सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी गरिएको छ। अनलाइनखबरका अनुसार यस रुपमा जग्गा प्राप्तीको प्रक्रियामा सहमति जुटिसकेको अब कामा सुरु गर्न समस्या हुने छैन। अब नयाँ ट्रयाक खोल्नेसहित वस्ती विकासको पूर्वाधार बनाउने काम सुरु हुनेछ ।सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने सरकारले बाहिरी चक्रपथको अवधारणा 11 वर्षअघि नै तयार पारेको थियो ।

तर, अब भने चक्रपथ निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको छ। समाजिक सुनुवाइ पनि सकिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन पनि सकिएको सापकोटाले बताउनुभयो।

72 किमीको लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले 72 अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउँदैछ। थप लगानी नेपाल सरकारले गर्ने भएको छ।

जानकारी तथा लेखहरु