फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रमुख पर्यटकीय स्थल रारातालमा इन्टरनेट संचालन

(GMT+08:00) 2017-04-23 17:47:22

नेपालकै प्रमुख पर्यटकीयस्थल रूपमा रारातालमा थ्रीजी सेवा सञ्चालनमा आएको छ। थ्रीजी सेवा सञ्चालनमा आएपछि सूचना–सञ्चारमा रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने भएको हो। लामो समयदेखि रारा तालमा टेलिफोन सेवाले नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सञ्चार सेवामा समस्या हुने गरेको थियो।

कारोबार अनलाईनका अनुसार नेपाल टेलिकमले गत वर्ष नै रारामा इन्टरनेट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको थियो। तर रारा राष्टिय निकुन्जले स्वीकृति दिन आनाकानी गर्दा मन्त्री परिषदको निर्णय विभाग हुँदै जिल्लासम्म आइपुग्दा एक वर्षपछि सेवा दिन सफल भएको नेपाल टेलिकम मुगु शाखाका प्राविधिक एवम् सूचना अधिकारी कृष्णप्रसाद कोइरालाले बताउनुभयो।

'मुगु जिल्ला 2069 सालदेखि राष्टिय सडक सञ्जालमा जोडिएपछि र 2072 मा मुगुस्थित रारा विमानस्थल कालपत्रे भएसँगै रारा हेर्न आउने पर्यटकहरुको सङ्ख्या निकै बढ्दै गएको छ। आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेपनि रारामा फोन तथा इन्टरनेट सुविधा नहुदा पर्यटकहरु आफन्त तथा परिवारजनबाट संचारविहीन हुन गर्दथे।

नेपाल टेलिकमले सदरमुकाम गमगढी नजिक थार्प डाँडामा रहेको रेडियो लिङ्कमा रारामा राखेको जीएसएम नेटवर्कको टावरका लिङ्क गराएर थ्रीजी इन्टरनेट सेवा दिएको हो ।थ्रीजी सेवाले रारा आसपासका साथै मुर्माटप, माथिल्लो मिली,लामाचौर र रारा विमानस्थलको माथिल्लो भागसम्म काम गर्नेछ।

जानकारी तथा लेखहरु