फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग प्रस्तावबाट चिनियाँ चलचित्रको विकासका लागि नयाँ अवसर

(GMT+08:00) 2017-04-23 17:50:19

लगभग पाँच वर्षसम्मको तीव्र विकासपछि बितेका दुई वर्षयता चिनियाँ चलचित्र व्यवसायमा अलि मन्दीको प्रवृत्ति देखा परेको छ। चलचित्र व्यवसाय विकास हुने शक्तिलाई कसरी सबल पार्ने भन्ने विषयबारे छलफल गर्दै सातौं पैचिङ्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी विशेषज्ञहरूले एक पेटी एक मार्ग प्रस्तावबाट चिनियाँ चलचित्रको विकासको नयाँ अवसर प्रदान गरिने ठहर गरेका छन्।

सातौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य मञ्चमध्येको एक अर्थात् चलचित्रको सुन्दरतालाई पत्ता लगाउने मञ्च अप्रिल बाईस तारिख बिहान चिनियाँ चलचित्र संग्रहालयमा आयोजना गरिएको छ। एक पेटी एक मार्गको पृष्ठभूमिमा चलचित्रको विकास र सारा विश्वका चलचित्रको नयाँ प्रारुप भन्ने कुरा त्यस मञ्चको मुख्य विषय रहेको छ। विभिन्न क्षेत्रका प्रतिनिधिहरूले चलचित्र सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई प्रबर्द्धन गर्ने, एक पेटी एक मार्ग आबद्ध मुलुक र क्षेत्रमा चलचित्रमार्फत चिनियाँ कथा सुनाउने र चिनियाँ आवाजको प्रसारण गर्ने आदि विषयबारे विचार-विमर्श गरेका छन्।

जानकारी तथा लेखहरु