फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदूतावासका मिनिष्टरद्वारा भारतमा आयोजित एक पेटी एक मार्ग गोष्ठीलाई सम्बोधन

(GMT+08:00) 2017-04-23 17:50:51

भारतका लागि चिनियाँ राजदूतवासका मिनिस्टर लिउ चिन सुङ्गले भारत पर्यवेक्षक कोष(मुम्बई)को एक पेटी एक मार्ग गोष्ठीमा भाग लिएर सम्बोधन गर्नुभएको छ।

आगामी मे महिनाको चौध तारिखदेखि पन्ध्र तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले पैचिङ्गमा आयोजना हुने एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने जानकारी उहाँले दिनुभयो। अठाईस वटा मुलुकका नेता र संयुक्त राष्ट्र संघका महासचिवले पनि सम्मेलनमा भाग लिने कार्यक्रम छ। यसका अतिरिक्त एक सय दश वटा मुलुकका विभिन्न प्रतिनिधिहरु र एकसट्ठी वटा अन्तर्राष्ट्रिय संगठनले सम्मेलनमा भाग लिने छन्। उक्त मञ्चको मूख्य शीर्षक सहयोग र साझा विजय राखिएको छ। शिखर सम्मेलनको आयोजनाले एक पेटी एक मार्गको निर्माण नयाँ चरणमा प्रवेश भएर ईतिहासमा गहिरो छाप छाड्ने पनि उहाँले आफ्नो सम्वोधनमा बताउनुभयो।

मिनिस्टर लिउका अनुसार, भारत चीनका लागि एक पेटी एक मार्गको महत्वपूर्ण दिशा र महत्वपूर्ण सहकार्य र साझेदार रहिरहने छ। एक पेटी एक मार्ग प्रस्ताव प्रस्तुत हुनुअघि चीनले कूटनीतिक तरिकामार्फत् भारतसमक्ष विस्तृत जानकारी दिएको थियो। यसबाहेक उच्च तहको सम्झौता-वार्ता, कूटनीतिक छलफल र वैज्ञानिक आदान-प्रदानमार्फत् चीनले भारतलाई एक पेटी एक मार्गको पृष्ठभूमि, विषय र प्रभावबारे पनि जानकारी दिएको थियो। अर्को महिना आयोजना हुन लागेको शिखर मञ्च लगायत एक पेटी एक मार्ग सम्बन्धी शृंखलाबद्ध सम्मेलनमा सहभागी हुन चीनले सबैभन्दा पहिले भारतलाई हार्दिक निमन्त्रणा दिने गरेको छ।

भारत एउटा विशेषतायुक्त सार्वभौम मुलुक हो। चीनले सधैं नै भारतको स्वतन्त्र कूटनीतिक छनौटको सम्मान गर्दैआएको बताउँदै मिनिस्टर लिउले समान र आपसी हितयुक्त आधारमा भारतसँग विभिन्न विषय तथा विविध खालका सहकार्य हुने सम्भावनाबारे छलफल गर्न चीन इच्छुक रहेको कुरा पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु