फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनिया कला प्रदर्शनी सुरु

(GMT+08:00) 2017-04-24 15:20:49

काठमाडौँमा आइतबारबाट चिनिया कला प्रदर्शनी सुरु भएको छ। चिनिया सांस्कृतिक केन्द्रले आफ्नै कार्यालय महाराजगञ्जमा गरिएको प्रदर्शनी अप्रिल २८ तारिखसम्म चल्ने आजको खबरले लेखेको छ।

चिनिया सांस्कृतिक केन्द्रका प्रमुख यीन कुनसुङले यस्तो किसिमको प्रदर्शनीले कला र संस्कृतिको आदानप्रदान सहित दुई देशबीचको सम्बन्ध सुमधुर बन्ने विश्वास व्यक्त गरे। चिनिया कला र संस्कृतिको बारेमा नेपाली विद्यार्थीहरुले बुझ्न पाउने बताउँदै उनले यस्तो प्रदर्शनी पटक पटक गरिरहने पनि बताए।

सो प्रदर्शनीमा भाग लिन र प्रत्यक्ष कला प्रस्तुत गर्न चीनबाट दुई जना कलाकारहरु पनि नेपाल आएका छन्। कल्चर, आर्ट एसोसिएसन अफ च्याङसु प्रोभिन्सका उपप्रमुख छन क्वोह्वान र क्यालिग्राफी पेन्टीङ इन्स्टिच्युट अफ च्याङसु प्रोभिन्सका उपप्रमुख लिउ छनमिङ नेपाल आएका हुन्। आइतबार प्रदर्शनीको उद्घाटन गर्दै उनीहरुले बुद्धको देशमा आएर चिनिया कला र बुद्ध सम्बन्धी चित्रहरु प्रस्तुत गर्न पाउनु गर्वको कुरा भएको बताए। उनीहरुले अप्रिल २८ तारिखसम्म नेपाल बस्दा प्रदर्शनी सहित लुम्बिनीको भ्रमण गर्ने भएका छन्।

प्रदर्शनीमा दुई कलाकारहरुले बनाएका विभिन्न चिनिया चित्रकला र क्यालिग्राफीहरु प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीको उद्घाटनमा नेपाल स्थित विभिन्न चिनिया संघ, संस्थाहरु, एजेन्सीहरु, पत्रकारहरु तथा लाजिम्पाटको मिल्स बेरी विद्यालयका विद्यार्थीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो।

जानकारी तथा लेखहरु