फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन बोर्डको मोबाइल एप 'वेलकम नेपाल' सार्वजनिक

(GMT+08:00) 2017-04-24 17:31:17

नेपालका प्रमुख पर्यटकीय गन्तव्य तथा विभिन्न क्रियाकलाप समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप 'वेलकम नेपाल' सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकलाई लक्षित र मुलुकको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले मोबाइल एप विकास गरिएको हो।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले मोबाइल एप सुरु चरणको रहेको र यसलाई विभिन्न प्रविधिमा विकास गरिँदै लगिने बताएको अन्नपूर्णपोस्टले लेखेको छ। यस एपलाई एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेटबिना पनि प्रयोग गर्न सकिनेछ। सरल र सहज रूपमा हात हातमा पुग्नु र अद्यावधिक सूचना र जानकारी प्रदान गर्ने हुनाले यसको उपयोगिता बढ्ने देखिन्छ।

मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुटलगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ। मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेमा बोर्ड विश्वस्त छ। हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध छ।

जानकारी तथा लेखहरु