फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बैङ्क र एशिया लगानी बैङ्कबीच ज्ञापन पत्रमा हस्ताक्षर

(GMT+08:00) 2017-04-24 17:31:41

विश्व बैङ्क र एशिया पूर्वाधार लगानी बैङ्कले अप्रिल तेइस तारिख वाशिङटनमा ज्ञापन पत्रमा हस्ताक्षर गरी द्विपक्षीय सहयोगलाई गहन पारेको विश्व बैङ्कले सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ।

उक्त वक्तव्यका अनुसार, सो ज्ञापन पत्रले विकास तथा वित्त संकलन, मानव आदान-प्रदान आदि दुई पक्षबीच साझा अभिरुचिका क्षेत्रमा दुई पक्षलाई सहयोगी प्रारुप प्रदान गरी क्षेत्रीय तथा राष्ट्रिय स्तरीय समन्वय तथा सहयोगका लागि आधार बनाउनेछ।

वक्तव्यमा विश्व बैङ्कका गभर्नर किम युङ्गले एशिया पूर्वाधार लगानी बैङ्क संचालन भएयता विश्व बैङ्कले एशिया पूर्वाधार लगानी बैङ्कसँग घनिष्ठ सहयोग गर्दैआएको भन्दै बहु पक्षीय विकास एकाइबीचको सहयोगले दुर्लभ स्रोतको समन्वयका साथै नीजि एकाइको आकर्षण तथा विकासको मागलाई पूरा गर्न निकै महत्वपूर्ण भएको बताउनुभयो।

एशिया पूर्वाधार लगानी बैङ्कका गभर्नर चिन लि छ्युनले सो ज्ञापन पत्र र एशिया पूर्वाधार लगानी बैङ्कको नयाँ ढाँचाको अन्तर्राष्ट्रिय विचारसँग अनुकूल रहेको भन्दै विश्व बैङ्क र एशिया पूर्वाधार लगानी बैङ्कबीचको सहयोगलाई अरु गहन पारिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु