फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको दोस्रो अन्तरिक्ष दिवस

(GMT+08:00) 2017-04-24 17:32:03

आज अप्रिल चौब्बीस तारिख चीनको अन्तरिक्ष दिवस हो। चीनको अन्तरिक्ष कार्यको प्रगति र विकासको स्मरण गर्नका लागि चीनले गत वर्षदेखि हरेक वर्षको अप्रिल चौब्बीस तारिखलाई "चीनको अन्तरिक्ष दिवस" निश्चित गरेको थियो। "अन्तरिक्षबाट सुमधुर जीवनको सिर्जना" भन्ने यस वर्षको अन्तरिक्ष दिवसको मुख्य नारा रहेको छ।

यस वर्षको अन्तरिक्ष दिवसको मुख्य स्थलगत गतिबिधि पल्लो शान सी प्रान्तको सदर मुकाम सीआन शहरमा आयोजना गरिंदैछ। त्यहाँ शृंखलाबद्ध वैज्ञानिक परिचयात्मक प्रदर्शनी र अन्तरिक्ष मञ्च आदि कार्यक्रममार्फत सर्वसाधारणसमक्ष चीनको अन्तरिक्ष कार्यमा प्राप्त पछिल्लो प्रगतिबारे अवगत गराइएको छ।

चीनले खुलस्त धारणा अपनाएर अन्तरिक्ष कार्यको विकास गर्नुका साथै धेरै मुलुकसित अन्तरिक्ष क्षेत्रमा उच्च सहकार्य गर्दैआएको छ। यसका अतिरिक्त चिनियाँ अन्तरिक्ष विज्ञान र प्रविधिले अझै महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दैजानेछ।

जानकारी तथा लेखहरु