फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा ट्रम्पबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-04-24 17:32:38

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अप्रिल चौब्बीस तारिख टेलिफोन वार्ता भएको छ।

टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति तीव्र गतिले परिवर्तित भइरहेको सिलसिलामा चीन र अमेरिका दुवै पक्षले घनिष्ट सम्पर्कलाई कायम राख्दै महत्वपूर्ण विषयबारे वैचारिक आदान-प्रदान गर्ने कुरा ज्यादै आवश्यक रहेको औंल्याउनुभएको छ।

चीन र अमेरिका दुवै पक्षले दुई देशका राष्ट्रनायकबीच सम्पन्न मतैक्यलाई राम्रोसँग व्यवहारमा उतार्नुका साथै दुई देश बीचको सम्बन्ध स्थिर रुपमा विकसित हुने प्रवृत्तिलाई सुदृढ पार्दैजाने पक्षमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले छिटोभन्दा छिटो राष्ट्राध्यक्ष सीसँग पुन: भेटघाट गर्ने र चीनको राजकीय भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु