फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको समस्याको समाधान गर्न अरु तर्कसंगत आवाज चाहिएको

(GMT+08:00) 2017-04-24 18:30:40

हाल अमेरिका र उत्तर कोरियाबीचको प्रतिरोधका कारण कोरियाली प्रायद्वीपको परिस्थिति चर्कँदैआएको छ। यसै विषयमा रहेर अप्रिल चौब्बीस तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय विपरित गतिबिधिको कडा विरोध गर्नुका साथै विभिन्न पक्षले संयम राखेर कोरियाली प्रायद्वीपको परिस्थितिलाई शान्त पार्ने आशा चीनले लिएको बताउनुभयो।

त्यसअघि अप्रिल तेइस तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले शान्ति तथा तर्कसंगत आवाज चाहिएको कुरामा जोड दिनुभएको थियो। कोरियाली प्रायद्वीपको आणविक समस्यामाथि चीनको अडान अडिग रहेको छ अर्थात प्रायद्वीपलार्इ आणविकरहित बनाउने तथा प्रायद्वीपको सुरक्षाको संरक्षण र प्रायद्वीपको आणविक समस्याको समाधान शान्तिपूर्ण उपायबाट गर्ने अडान हो।

कोरियाली प्रायद्वीपको आणविक समस्याको वास्तविकता नै सुरक्षा समस्या हो र यो अमेरिका र उत्तर कोरियाबीचको समस्या हो। कोरियाली प्रायद्वीपको आणविक समस्याको विकास र अमेरिका-उत्तर कोरिया सम्बन्धबीच निकै घनिष्ठ सम्बन्ध रहेको छ। तर कोही कसैले त्यसको जिम्मा चीनमाथि थुपार्न खोजिरहेका छन्। साथै त्यसको समाधान अमेरिका र उत्तर कोरियाले गर्नुपर्छ अथवा कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने साँचो अमेरिका र उत्तर कोरियाको हातमा छ। तर जिम्मा लिने ठूलो मुलुकको रुपमा रहेको चीनले त्यसको लागि प्रयास गरिरहेको छ। कोरियाली प्रायद्वीपलार्इ आणविकरहित बनाएर शान्ति तथा स्थीरता कायम राखे मात्रै विभिन्न पक्षबीच साझा फाइदा पुग्नसक्ने चीनको विचार छ।

जानकारी तथा लेखहरु