फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष सांस्कृतिक सम्पदा प्रदर्शनी शुरु

(GMT+08:00) 2017-04-24 18:31:01

'अन्तरिक्षको सपना साकार पारौँ' शीर्षकको अन्तरिक्ष सांस्कृतिक सम्पदा प्रदर्शनीको उद्धाटन समारोह अर्थात् चीनको अन्तरिक्ष दिवस मनाउने मुख्य विषयक गतिबिधि अप्रिल चौब्बीस तारिख चिनियाँ राष्ट्रिय संग्रहालयमा भव्यताका साथ आयोजना गरिएको छ। चीनको मानववाहक अन्तरिक्ष परियोजनाका उप निर्देशक एवम् केन्द्रीय सैन्य आयोग अन्तर्गत प्रबन्ध विकास विभागका उपप्रमुख चाङ यु लिन, चीनको मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका प्रमुख वाङ चाउ याउ, उपप्रमुख याङ ली वै, चीनको विज्ञान, राष्ट्रिय प्रतिरक्षात्मक विज्ञान र अन्तरिक्ष सम्बन्धी वैज्ञानिक र प्राविधिक संस्थाका विभिन्न नेता तथा प्रतिनिधिहरू त्यस गतिबिधिमा सम्मिलित भएका छन्।

प्राप्त जानकारी अनुसार, उक्त मुख्य विषयक गतिबिधि चिनियाँ राष्ट्रिय संग्रहालयको पार्टी परिषद्का सचिव ह्वाङ चन छुनले अध्यक्षता गर्नुभएको थियो। यसका अतिरिक्त चिनियाँ अन्तरिक्ष स्पेस सम्बन्धी किशोर-किशोरीको वैज्ञानिक अभ्यास योजना लगायतका विविध वैज्ञानिक गतिबिधिहरू पनि एकैसाथ आरम्भ गरिएको छ।

जानकारी तथा लेखहरु