फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान भित्र चर्कंदैआएको भिडन्तप्रति चीनको ध्यानाकर्षण

(GMT+08:00) 2017-04-24 18:31:51

 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अप्रिल चौब्बीस तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा अफगानिस्तान भित्र चर्कंदैआएको भिडन्तप्रति चीनको ध्यानाकर्षण भएको बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अफगानिस्तानी राष्ट्रिय सेनामाथि गत एकाईस तारिख दिउँसो उत्तरी भागमा अवस्थित एउटा सैन्य अखडामा आक्रमण गरिएको थियो। जसबाट कम्तिमा एक सय चालीस जनाको ज्यान गएको थियो। उक्त हमलाको सशस्त्र तालिबानले जिम्मेवारी लिएको छ।

उक्त आक्रमणबारे चर्चा गर्दै प्रवक्ता कङले कडा शब्दमा निन्दा गर्नुका साथै चीनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु