फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१० वर्षभित्र नेपाली युवा मजदुरी गर्नका लागि विदेश जानु नपर्ने

(GMT+08:00) 2017-04-25 17:31:56

राजधानी काठमाण्डुमा बिहीबारदेखि जारी 'नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४' ७ करोडभन्दा बढीको कारोबारसँगै सोमबार सकिएको छ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए। उनले अब १० वर्षभित्र नेपाली युवा मजदुरी गर्नकै लागि विदेशमा जान नपर्ने वातावरण बनाउन सरकार लागि परेको पनि बताए।

उनले प्रत्येक महिलालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न जनही १० लाख ऋण दिने योजनाबारे पनि जानकारी दिएको कारोबार दैनिकले लेखेको छ।

मेलामा १ लाख २५ हजार अवलोकनकर्ताले अवलोकन गरेको तथा ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी गराए। प्रदर्शनीमा घरेलु उत्पादनका दुई सय १६ कक्ष थिए जसमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष पनि थिए।

जानकारी तथा लेखहरु