फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विनाशकारी भूकम्प गएको आज दुई वर्ष

(GMT+08:00) 2017-04-25 17:32:56

विनाशकारी भूकम्प गएको आज बैशाख १२ मंगलबारले दुई वर्ष पूरा भएको छ। भूकम्पले हजारौं नेपालीको मृत्युसँगै लाखौंलाई घरबारबिहीन बनाए पनि दुई वर्ष बितिसक्दा समेत अधिकांश प्रभावितको पीडा भने उस्तै छ। भूकम्पबाट ३१ जिल्लामा करिब ९ हजारको ज्यान गएको थियो भने ८ लाख निजी घर र हजारौं सार्वजनिक भवन तथा सम्पदाहरू क्षति भएका थिए। पुनर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरिएको थियो जुन प्रभावकारी हुन सकेको छैन।

प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ भूकम्पप्रभावित रहेकोमा १८ हजार ६ सयले आफैं निजी आवास बनाएका छन् भने सरकारले दिने तीन लाखमध्ये पहिलो किस्ताको अनुदान लिएका ५ लाख ४३ हजारमध्ये ४९ हजार ६ सय १८ले मात्र घर निर्माण सुरु गरेका छन्।

भूकम्पपछिको पुनर्निर्माणका लागि धेरै नीति, योजना, कार्यक्रम, कार्यविधि र नियमावली तथा बारम्बार यसको संशोधन भए पनि उपलब्धि भने एकदमै न्यून छ।

प्राधिकरणले पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेको छ भने त्यसका लागि ९ खर्ब ३८ अर्ब आवश्यक रहेको औंल्याइएको छ। भूकम्पलगत्तै सरकारले गरेको दाता सम्मेलनमा ४ खर्ब १० अर्ब प्रतिवद्धता जनाइए पनि राहत र उद्धारबाहेक ३ खर्ब ४३ अर्ब पुर्ननिर्माणका लागि प्रतिवद्धता आएकोमा हालसम्म ३ खर्ब ११ अर्बको सम्झौता भइसकेको छ।

हालसम्म ३४ अर्ब मात्र खर्च भएको प्राधिकरणले जनाएको छ।

जानकारी तथा लेखहरु