फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि नाकाबन्दीको तयारी गर्नुपर्ने अमेरिकी राष्ट्रपतिको भनाई

(GMT+08:00) 2017-04-25 17:33:25

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाउन तयारी गर्नुपर्ने बताउनुभएको छ। अप्रिल 24 तारिख व्हाइटहाउसमा संयुक्त राष्ट्र संघका लागि सुरक्षा परिषदका स्थायी सदस्य मुलुकका दूतहरुसँग भेटवार्ता गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार कोरियाली प्रायद्विपको वर्तमान परिस्थिति अस्वीकार्य छ र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परियोजनाप्रति थप तथा शक्तिशाली नाकाबन्दी लगाउन तयारी गर्नुपर्छ।

राष्ट्रपति ट्रम्पले सुरक्षा परिषदले कहिले बाट उत्तर कोरियामाथि थप नाकाबन्दी गर्ने विषयबारे स्पष्ट पार्नुभएको छैन। जनाएअनुसार, अमेरिकाको व्हाइटहाउसले उत्तर कोरियाले भावी क्षेप्यास्त्र प्रक्षेपण र नयाँ आणविक परिक्षण गरेमा थप नाकाबन्दी गर्न छलफल गरेको थियो।

जानकारी तथा लेखहरु